बेनीका प्रशान्तले ल्याए चार जिपिए

/ प्रकाशित मिति :
शुक्रबार, असार १३ २០७६

राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइईमा) बेनीका प्रशान्त सुवेदीले चार जिपिए ल्याएका छन् ।
बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसइइमा सहभागी सुवेदीले चार जिपिए ल्याएका हुन् ।
सुवेदीका अभिभावक र विद्यालयले उनी एसइईमा देशभरबाट सम्भवत बढी जिपिए ल्याएको दावी गरेका छन् । १६ वर्षीय सुवेदीले अध्ययनमा आफूले गरेको मेहनतको प्रतिफलबाट उत्साहीत भएको प्रतिक्रिया दिदै खुसी व्यक्त गरे ।
काठमाडौमा बसेर विज्ञान विषय पढ्नका लागि तयारी कक्षामा सहभागी भइरहेका प्रशान्तले भविश्यमा डाक्टर बन्ने योजना रहेको बताए । बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए ।