विद्यामन्दिर माविले हेल्लो अभिभाबक कार्यक्रम सञ्चालन गर्ने

/ प्रकाशित मिति :
सोमबार, चैत्र ९ २០८२

लक्ष्मी परियार
बागलुङ, ९ चैत्र –बागलुङ जिल्लाकै पूरानो सामायुदायिक विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले हेल्लो अभिभाबक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नमुना विद्यालय बनाउने अभियानमा लागेको बिद्यालयले बिद्यालयसंग अभिभावकलाई जोड्नका लागि हेल्लो अभिभाबक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । हेल्लो अभिभाबक कार्यक्रम मार्फत बिद्यार्थीका गतिविधी आदानप्रदान हुने विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले बताउनुभयो ।

बिद्यालयलाई नमुना बनाउनका लागि पूर्व विधार्थीहरुको मञ्च बनाउने, अभिभाबक अनुगमन समिति गठन गर्ने, अक्षयकोष रकम र संख्या वृद्धि गर्ने, खेलकुद क्षेत्रलाई विस्तार गरि विद्यार्थीलाई खेलकुदमा विशेष जोड दिने उहाँले बताउनुभयो ।गुणस्तरिय शिक्षा, विधार्थीले चाहे अनुसारको प्रविधिमैत्रि र प्राविधिक तथा व्यासायिक शिक्षामा जोड दिने र आगामी शैक्षिक सत्रबाट विधार्थी संख्यामा वृद्धि गर्ने योजना रहेको प्रधानाध्यापक रेग्मीले जानकारी दिनुभयो ।

बिद्यालयमा अहिलेसम्म विज्ञान संकायमामात्र स्मार्ट बोर्डबाट पठनपाठन भएको र आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखि कक्षा १२ सम्म स्मार्ट बोर्डबाट कक्षासञ्चालन गर्ने योजना रहेको रेग्मी भनाई थियो । भारतिय एमविसीको सहयोगबाट विद्यार्थीहरुको लागी गाडीको व्यवस्था हुने बताउनुभयो ।

बिद्यालयमा हाल अध्ययनरत विधार्थी संख्या एक हजार तिन सय रहेको र अगामी शैक्षिक सत्रमा दुई हजारसम्म विद्यार्थी संख्या वृद्धि गर्ने लक्ष्य रहेको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । बिद्यालयमा बिभिन्न २३ जिल्लाबाट अध्ययन गर्न बिद्यार्थी आएको जानकारी दिदै उहाँले नमूना विद्यालय बनाउनमा स्थानियतह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभाबकको साथ मिल्ने विश्बास व्यक्त गर्नुभयो ।