नेवा मिसा दवुको अध्यक्षमा अर्चना पालिखे

/ प्रकाशित मिति :
शनिबार, चैत्र ७ २០८२

बागलुङ, ७ चैत्र – नेवारी समुदायका महिलाहरुको संगठन नेवा मिसा दवु बागलुङको नवौ साधारण सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले अर्चना पालिखेको अध्यक्षतामा नयाँकार्य समिति पनि सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा तारामाया श्रेष्ठ, सचिवमा सोमिका राजभण्डारी, सह सचिवमा रमा श्रेष्ठ र कोषाध्यक्षमा सपना श्रेष्ठ रहनु भएको छ ।

सदस्यमा सुनयना राजभण्डारी, प्राणेश्वरी श्रेष्ठ, निरञ्जन श्रेष्ठ, मुना शाक्य, दिव्यलक्ष्मी राजभण्डारी, नारायणीदेवि राजभण्डारी, साधना राजभण्डारी र रेनुका राजभण्डारी रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेवा मिसा दबुका केन्द्रिय सदस्य अर्पना श्रेष्ठले पहिचान र अस्तित्वको लडाईको लागि नेवारी समुदायका महिलाहरु पनि अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले महिला सशक्तिकरण र जागरणका लागि नेवारी समुदायका महिलाहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारी, वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ, नेवास् मिसा दबुका सल्लाहकार र मुकुन्द शाक्य, रतन मलेपति, गण्डकी प्रदेश सचिव लक्ष्मी शाक्य र पत्रकार कोपीला कँडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सचिव अर्चना पालिखेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेवा मिसा दबुंका अध्यक्ष सोमाना शाक्यको अध्यक्षता, नगर समितिका अध्यक्ष सिर्जना श्रेष्ठको स्वागत र सचिव अर्चना पालिखेको संचालनमा सम्पन्न भएको थियो ।