प्रेस चौतारीको २८ औं स्थापना दिवशमा दुई पत्रकार सम्मानित

/ प्रकाशित मिति :
बिहिबार, माघ २३ २០८२

लक्ष्मी परियार
बागलुङ २२ माघ – प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवश शुभकामना आदान प्रदान तथा पुरस्कार समपर्ण कार्यक्रम गरेर मनाइएको हो ।
प्रेस चौतारी नेपाल बागलुङ शाखाले स्थापना दिवस शुभकामना आदानप्रदान सहित प्रेस चौतारी क्रियाशिल पत्रकार पुरस्कार तथा युवा क्रियाशिल पत्रकार पुरस्कार समपर्ण गरि स्थापना दिवस मनाइएको हो ।

२०७२ सालमा स्थापना गरिएको प्रेस चौतारी क्रियाशिल पत्रकार पुरस्कार यसबर्ष चौतारी बागलुङका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य सिर्जना पन्त र २०७९ सालमा स्थापना गरिएको युवा क्रियाशिल पत्रकार पुरस्कार चौतारी बागलुङका उपाध्यक्ष अर्जुन कार्कीलाई समपर्ण गरिएको हो । पन्त र कार्कीलाई नगद १०÷१० हजार सहित सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला संयोजक मनकुमारी केसीले नेपाली प्रेस समेत संकटमा परेको बेला जिम्मेवार र तथ्य पत्रकारिताले मात्र राज्यलाई दिशानिर्देश गर्न सक्ने बताउनुभयो । उहाँले लोकतन्त्र लुटिन र कुटिन नदिन प्रेसले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्दबहादुर नेपाली, एमाले क्षेत्र नम्वर १ का उमेदवार हिराबहादुर केसी, प्रेस चौतारीका पुर्व केन्द्रीय सचिव रामकृष्ण शर्मा, प्रेस चौतारीका केन्द्रिय सदस्य तथा बागलुङका इन्चार्ज गणेश गिरी, प्रेस चौतारी पर्वतका इन्चार्ज तथा सम्मानित व्यक्ति सिर्जना पन्त, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अबिरल, प्रगतीशिल पत्रकार संघका अध्यक्ष बिजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष संगीता रेग्मीको स्वागत र सचिव रोहन जिसीको संचालनमा सम्पन्न भएको थियो ।