निर्वाचन लक्षित अभियान बाट १ सय १५ थान भरुवा बन्दुक बरामद

/ प्रकाशित मिति :
बुधबार, माघ २२ २០८२

बागलुङ, २२ माघ – पछिल्लो ४० दिनमा जिल्ला प्रहरी कार्यालय बागलुङले १ सथ १५ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनलाई लक्षित गरी चलाएको अप्रेशनमा प्रहरीले जिल्लाका विभिन्न क्षेत्र बाट अवैध भरुवा बन्दुक वरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङले ६६ नाल, गलकोट बाट ४५ नाल र बरेङडाँडाबाट ४ नाल गरी १ सय १५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालयले गरेका कार्यका वारेमा जानकारी दिदै उहाँले जिल्लाका विभिन्न क्षेत्रमा लुकाईछिपाई राखिएको अवस्थामा अवैध बन्दुक फेला पारिएको बताउनुभयो । उहाँले अवैध भरुवा बन्दुर बरामद भएपनि बन्दुक प्रयोग गर्नेहरु भने फेला नपरेको बताउनुभयो ।

प्रहरीले अवैध हात हतियार बुझाउन गरेको आग्रहका आधारमा प्रयोगकर्ताले कारवाहि हुने डरले जंगल, ओढार तथा खोल्सा खाल्सीमा राखेको अवस्थामा बन्दुक फेला पारिएको उहाँको भनाई थियो । अवैध हातहतियार लुकाई राख्नेहरुलाई ५ बर्ष कैद तथा ५० हजार जरिवाना समेत हुने उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियान अन्तर्गत बन्दुक फेला पारिएको प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचनलाई लक्षित गरि इजाजत प्राप्त हात हतियार पनि बुझाउन आग्रह गरिएको र हालसम्म १९ वटा इजाजत प्राप्त हातहतियार प्राप्त भएको पाण्डेले बताउनुभयो । इजाजत प्राप्त हात हतियार भने निर्वाचन सम्पन्न भैसकेपछि सम्वन्धीत व्यक्तिलाई बुझाइने उहाँको भनाई थियो ।