उत्पादनमुलक सहकारीका लागि व्यवसायिक योजना तर्जुमा तालिम शुरु

/ प्रकाशित मिति :
बुधबार, माघ ८ २០८२

बागलुङ ७ माघ –उत्पादनमुलक सहकारी संस्थाको लागि बागलुङमा व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकाश तालिम शुरु भएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लि. को समन्वय तथा सहकारी रजि«स्टारको कार्यालयको आयोजनामा तिन दिने तालिमको मंगलबार देखी शुभारम्भ गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकाले व्यवसायिक कृषि क्षेत्रको बिकासका लागि नगरपालिकाले प्राथमिकताका साथ निति तथा कार्यक्रम निर्माण गरेको बताउनुभयो ।

उहाँले कृषकको सहजिकरणका लागि बिना धितो ऋण, गोठ सुधार, घास उत्पादनका लागि बिउ तथा विरुवा वितरण, विभिन्न आधुनिक औजार वितरण लगायका कार्य गर्दै आएको बताउनुभयो । किसानले उत्पादन गरेका वस्तुका लागि बागलुङमा बजारीकरणको समस्या नरहेको उहाँको भनाई थियो । जिल्ला सहकारी सघंका अध्यक्ष खिमबहादुर कार्कीले विभिन्न खाले तालिम मार्फत किसानलाई सबल सक्षम र उत्पादनमुखी बनाउनुपर्ने बताउनुभयो ।

सहकारी रजि«स्टार भेषराज रिजालको अध्यक्षता, बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष दिपक गौतमको स्वागत र सहकारी रजि«स्टारको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।