निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने निर्णय

/ प्रकाशित मिति :
आइतबार, माघ ५ २០८२

बागलुङ, ४ माघ – उद्योग वाणिज्य संघ बागलुङले निर्वमान अध्यक्ष नरेश कँडेलललाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सस्थागत निर्णय गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले आसन्न ९ औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष एवं महासंघ गण्डकी प्रदेश कार्य समिति सदस्य कंडेललाई महासंघको प्रदेशको अध्यक्ष पदको उमेदवार घोषणा गरेको हो ।

बागलुङ उद्योग वाणिज्य संघ बाग्लुङका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा वसको बैठकले कँडेल सँगै महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरको तर्फबाट सदस्य पदको उमेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरि पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रिय सदस्य युवराज राजभण्डारीलाई नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं वार्षिक साधारण सभामा तथा अधिवेशनमा जिल्ला नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदमा उमेदवार बनाउने निर्णय गरिएको महासचिव इन्द्रमणी पौडेलले अर्जुनले बताउनुभयो ।

बैठकले गत पुस ११ देखि २२ गते सम्म संचालन भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं ८औं बागलुङ महोत्सव २०८२ सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूणलाई धन्यवाद ज्ञापन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो ।

बैठकले बागलुङ उद्योग वाणिज्य संघ बागलुङको ६२ औं साधारण सभा बागलुङ उद्योग बाणिज्य संघको स्थापना दिवस आगामी फागुन २० गते गर्ने निर्णय गरेको छ ।