मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान

/ प्रकाशित मिति :
शनिबार, माघ ४ २០८२

बागलुङ, ३ माघ – शिक्षा सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सुचना निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।

मावि तहका चारसय ४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिक लगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।