धन्वन्तरि स्वास्थ्य सहकारी संस्था लि.को अध्यक्षमा रामचन्द्र सापकोटा

/ प्रकाशित मिति :
बुधबार, माघ १ २០८२

बागलुङ, ३० पुष –धन्वन्तरि स्वास्थ्य सहकारी संस्था लि. बागलुङको १० औ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाले रामचन्द्र सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा समवहादुर क्षेत्री, सचिवमा यम कुमार मल्ल,सहसचिवमा गोविन्द वहादुर जिसी र कोषाध्यक्षमा लक्ष्मी प्रसाद सापकोटा रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा टंकराम सुवेदी र सनम श्रेष्ठ रहनुभएको छ ।

यस्तै साधारण सभाले मुक्तिराम सापकोटा संयोजक तथा ठाकुर प्रसाद रिजाल र राजेन्द्र वहादुर जिसी सदस्य रहेको लेखा सुपरिवेक्षण समिति चयन गरेको संस्थाका सचिव हिरा वहादुर केसीले जानकारी दिनुभयो ।

साधारण सभाको उद्घाटन सहकारी संस्थापक अध्यक्ष रमाकान्त सापकोटाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी सघंसंस्थामा केही ऋणीले समयमै सहकारी बाट लगेको रकम नर्तिदा समस्या उत्पन्न भएको भन्दै अव घरघरमै पुगेर ऋण असुल गरिने बताउनुभयो ।कार्यक्रममा सहकारीका सविच हिरा वहादुर केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम धन्वतरि स्वास्थ्य सहकारी संस्थ लि.का कार्यवाहक अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षता, र सचिव हिरा वहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।