बागलुङ दुग्ध व्यवसायी सघंको आठौ साधारण सभा सम्पन्न

/ प्रकाशित मिति :
बुधबार, माघ १ २០८२

बागलुङ, ३० पुष – बागलुङ दुग्ध व्यवसायी सघं बागलुङको आठौ साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बागलुङ नगरपालिका वडा नम्वर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले राज्य कृषकहरु प्रति उत्तरदायी नबन्दा सम्पुर्ण दुग्ध व्यावसायी किसानहरु नहस–नहस बनेको बताउनुभयो ।

महंङ्गो पशु आहारा तथा औषधी उपचार र दुधको उचित मुल्य नहुनु लगायतका कारणले पछिल्लो समय पशुपालक किसान पलायन बन्दै गएको चर्चा गर्दे उहाँले कृषि तथा पशुपालन व्यावसायको सुरक्षाका लागि राज्यले विभिन्न प्रकारका सेवासुविधा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, दुग्ध उत्पादन सहकारी संस्था लि.का अध्यक्ष दिपक गौतम र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक कृष्ण प्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम दुग्ध व्यावसायी सघं लि. बागलुङका अध्यक्ष नन्दलाल जैसीको अध्यक्षता, सचिव वेद प्रसाद आचार्यको स्वागत र सदस्य नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।