सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको एघारौ साधारण सभा

/ प्रकाशित मिति :
आइतबार, पुष २७ २០८२

बागलुङ,२७ पुष – सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको ११ औ वार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला सहकारी सघंका अध्यक्ष खिम बहादुर कार्कीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी वचत तथा ऋणको कारोवारमा मात्र सिमित नभै कृषि पशुपालन लगायतका नयाँ नयाँ क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभो ।

कार्यक्रमका यसवर्षको कृषि पत्रकारिता पुरस्कार धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्मा लाई प्रदान गरिएको थियो । सहकारीले वर्षेनी कृषि क्षेत्रमा कलम चलाउने एकजना पत्रकार लाई पुरस्कृत गर्दै आएको छ ।

सो अवसरमा सहकारी संस्थाका संस्थापक अध्यक्ष मणिभद्र शर्मा,सल्लाहकार डा. डिल्लीराज गौतम, भिमापोखरा कल्याण समाजका अध्यक्ष डिल्ली उपाध्याय, सम्मानित ब्याक्तित्व उमाकान्त शर्मा र शेयर सदस्य हरिकला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा असल ऋणि, असल वचतकर्ता र उत्कृष्ण कृषक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था अध्यक्ष चुडामणि उपाध्यायको अध्यक्षता,उपाध्यक्ष रिता थापाको स्वागत र कोषाध्यक्ष जगन्नाथ सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।