बागलुङमा स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु, ४ सय ४३ बालबालिका लाभान्वित

/ प्रकाशित मिति :
बुधबार, असोज २९ २០८२

बागलुङ, २९ अशोज – धौलागिरी आयुर्वेद अस्पताल बागलुङले बुधबार संचालन गरेको स्वर्ण विन्दु प्राशन कार्यक्रम बाट ४ सय ६३ जना बालबालिका लाभान्वित भएका छन् ।आर्युवेद अस्पतालले १ बर्ष देखी ५ बर्ष मुनिका बालबालिकाका लागि यस वर्षदेखी स्वर्ण विन्दु प्राशन कार्यक्रमको शुभारम्भ गरेको हो ।

बालबालिकाको शारिरीक, मानसिक वृद्धि र विकासको लागि विभिन्न आर्युवेद पद्धती बाट तयार गरिएको पोशणतत्व मिश्रित स्वर्णविन्दु कार्यक्रम रहेको स्पतालका प्रमुख डा. शरद पन्थिले  जानकारी दिनुभयो ।चालु आर्थिकबर्ष देखी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत आर्युवेद चिकित्सा विभागले २३ जिल्ला बाट संचालन गरेको अस्पतालका प्रमुख डा. पन्थीले जानकारी दिनुभयो । बच्चाहरुको शारिरिक र मानसिक विकासका लागि प्रभावकारी खोप पद्धती रहेको डा. पन्थिले जानकारी दिनुभयो ।

बिहान ७ बजेदेखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने आर्युवेद अस्पतालको तयारी भएपनि सेवाग्राहीको संख्या धेरै भएकाले दिनभर संचालन गरिएको अस्पतालका बैद्ध निरिक्षक यकराज ढुङ्गानाले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५ वर्ष ननाघेका आफ्ना बच्चाहरुलाई अभिभावकले जन्मदर्ता वा खोप कार्डको फोटोकपी लिएर आउन अस्पतालले आग्रह गरेको थियो ।

यस्तै प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्की र तनहुले पनि बुधबारनै स्वर्ण विन्दु प्राशन कार्यक्रम गरेको जनाईएको छ । स्वर्णविन्दु प्राशन कार्यक्रम प्रतेक २८ दिनमा गर्नुपर्ने नियम रहेकाले आगामी कार्तिक २५ गते दोश्रो पटक संचालन गरिने धौलागिरी आर्युवेद अस्पतालले जनाएको छ ।