लैङिगक संवेदनशिलताबारे गणेश माविमा अभिमुखिकरण

/ प्रकाशित मिति :
आइतबार, असोज ५ २០८२

लक्ष्मी परियार
बागलुङ, ५ अशोज –  सुर्यादय समाज कल्याण मञ्च बाग्लुङको आयोजना गणेश माध्यामिक विधालयको समन्वय र टेवा नेपालको आर्थिक सहयोगमा लैङिगक संवेदनशिलता बारे विधालय च्याम्पियन एकदिने अभिमुखीकरण बाग्लुङमा सम्पन्न भएको छ ।

कार्यक्रम गणेश माध्यामिक विधालय बलेवामा आयोजित कार्यक्रममा सोही विधालयका कक्षा ९ र १० मा अध्यनरत ८४ जना किशोर किशोरीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा गणेश माध्यामिक विधालयका प्र.अ एकनाथ रिजालले विधार्थीहरुमा स–साना कुराले अत्यन्तै प्रभावप पार्ने भएकाले यो कार्यक्रम किशोर किशोरीको लागि प्रभावकारी हुने बताउनुभयो । लिङ्गको आधारमा हुने विभिन्न शारिरिक परिवर्तन लगायत संवेदनशिलता बारे किशोर किशोरीहरु सचेत हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै महिला अधिकारकर्मी लक्ष्मीबोहोराले किसोराअवस्थामा हुने सक्ने सम्भावित जोखिम बाट बच्नका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो ।कार्यक्रममा छात्रले छात्राहरु लाई जेल पेन र सेनेटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा लैङिगिकताको बारेमा दोहोरो अन्तरक्रिया समेत भएको थियो ।

कार्यक्रम सुर्यादय समाज कल्याण मञ्च बाग्लुङका अध्यक्ष मञ्जु मायाँ क्षेत्रीको अध्यक्षता,रेनु के.सी हमालको स्वागत र लक्ष्मी बोहोराको संचालनमा सम्पन्न भएको थियो ।