जिल्ला अदालत बागलुङमा पहिलो पटक महिला न्यायाधीश

/ प्रकाशित मिति :
मंगलबार, भाद्र १७ २០८२

बागलुङ, १७ भदौ – जिल्ला अदालत बागलुङले पहिलो पटक महिला न्यायाधीश पाएको छ । जिल्ला अदालत मोरङबाट सरुवा भएर सिता शर्मा अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधीश हुनुहुन्छ ।

न्यायाधीश अधिकारी लाई उच्च अदालत बार एसोसिएसन बागलुङले एक कार्यक्रमका बिच मंगलबार स्वागत गरेको छ ।
सो अवसरमा बोल्दै न्यायाधीश अधिकारीले न्याय सम्पादनलाई चुस्त बनाउन पहल गर्ने बताउनुभयो । उहाँले बार र बेञ्च मिलेर आम नागरिकलाई न्याय दिने कार्यमा खटिनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमूर्तिको रुपमा जिल्ला अदालत महिला पाएकोमा खुसी व्यक्त गर्नुभयो । न्यायालय महिलामैत्री र अन्य बेलाभन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ आउनुभएको हो । यसअघि अदालतमा रमेशकान्त अधिकारी जिल्ला न्यायाधीश हुनुहुन्थ्यो ।