देउराली आधारभुत विद्यालयका विद्यार्थी लाई छात्रवृत्ति वितरण

अम्बिका आचार्य / प्रकाशित मिति :
सोमबार, भाद्र १६ २០८२

बागलुङ, १५ भदौ – देउराली आधारभुत विद्यालय ओडारचौर बागलुङमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गिय नन्दप्रसाद नन्दकली शर्मा आचार्य र स्वर्गिय झरना केसीको स्मृतिमा स्थापना गरिएको कोषबाट विद्यालयका १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उक्त सामग्री कोषका संस्थापक शिवराम शर्मा आचार्य, बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, जिल्ला समन्वय समितिका सदस्य जशोदा शर्मा लगायतले विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख राजु खड्काले निम्न आय भएका बालबालिकाको अध्ययनमा छात्रवृत्तिले सहज वातावरण सिर्जना गर्ने बताउनुभयो ।वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले विद्यालयको भौतिक अवस्था मजबुत हुदै जाँदा विद्यार्थी संख्या कम हुंदै जानु चिन्ताजनक रहेको चर्चा गर्दै अभिभावकसहित सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

स्वर्गिय नन्दप्रसाद नन्दकली अक्षय स्मृति कोषको २ लाख ९५ हजारको ब्याजबाट विद्यार्थीलाई कपी कलम र चप्पल वितरण गरिएको र स्व. झरना केसीको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ को अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयका शिक्षक उमाकान्त शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम कोषका संस्थापक शिवराम शर्मा आचार्यको अध्यक्षता, संस्थापक यज्ञवल्लभ शर्माको आचार्यको स्वागत र राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।