म्याग्दीमा सुख्खा पहिरो जाँदा दुई मजदुरको मृत्यु, पाँच घाईते

/ प्रकाशित मिति :
सोमबार, भाद्र २ २០८२

बागलुङ, २ भाद्र – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर ज्यान गुमाउनेमा बागलुङको तमानखोला गाउँपालिका–१ का २२ बर्षिय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ बर्षिय लालबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।

रघुगङ्गा गाउँपालिका–४, दग्नाम र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासिे सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको छ । घाइते भएकाहरूको उपचारका लागि बेनी अस्पताल ल्याईदै छ ।