साहित्य कुञ्जको पाँचौं श्रृंखला गौरिधाम शिव मन्दिरमा सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, साउन १९ २០८२

बागलुङ, १८ साउन – सार्थक प्रकाशन बागलुङले मासिक रुपमा गर्दै आएको साहित्य कुञ्जको पाँचौं श्रृंखला धार्मिक पर्यटकिय स्थल गौरिधाम शिव मन्दिरमा सम्पन्न गरेको छ ।प्रतेक महिनामा जिल्लाका फरक फरक धार्मिक, पर्यटकीय स्थलमा गरिदै आएको पाँचौं साहित्यीक श्रृंखला बागलुङ नगरपालिका वडानम्वर ४ उपल्लाचौर तिलछर्ने स्थित गौरिधाम शिव मन्दिर परिसरमा सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन तनहु निवासी साहित्यकार चन्द्रमणि अधिकारीले आमा नामक कविता वाचन सहित व्यानर पढेर गर्नुभएको थियो ।
कार्यक्रमा संस्थाका संस्थापक संरक्षक काजी रोशनले संस्थाको उदेश्य र मर्म बारे बताउनुभएको थियो । कार्यक्रममा साहित्यकारहरु चन्द्रमणी अधिकारी, युक्त प्रसाद सुवेदी, रामचन्द्र शर्मा, गुणराज पौडेल गुराँस, शकुन्तला शर्मा, युक्तजंग राजभण्डारी, शान्ति ज्ञेवाली र शोभा शर्मा लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख प्रतिभा चन्द्रमणि अधिकारी र गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण के. सी. ले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका सदस्य एवं वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले संस्थाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीले गाँउ वस्तिहरुमा प्रतिभाहरुको खोजि गर्ने तथा भाषा,कला र साहित्यको जर्गेना गर्ने उद्देश्यले प्रतेक महिनामा फरक फरक स्थानमा सिर्जना वाचन सहित साहित्य गोष्ठी सञचालन गर्दै आएको बताउनुभयो ।

सो अवसरमा सार्थक प्रकाशनले मासिक साहित्यीक कार्यक्रम गरेर कला साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै गणपति ज्वेलर्स बागलुङका प्रोपाईटर सुन्दरी श्रेष्ठले संस्थाको सहयोगार्थ रु ५ हजार १ सय रुपैया उपलव्ध गराउन भएको थियो ।
कार्यक्रम सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीको अध्यक्षता, उपाध्यक्ष सकुन्तला शर्माको स्वागत र सचिव युक्तजंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।