भानुजयन्तीमा साहित्यीक चर्चा, सिर्जना वाचन र चित्र लेखन

/ प्रकाशित मिति :
सोमबार, असार ३០ २០८२

बागलुङ, २९ असार – आदिकवि भानुभक्त आचार्यको २ सय १२ औ जयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ ।
धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ, बिद्यामन्दिर पुस्तकालय, सार्थक प्रकाशन र स्मृति प्रकाशन बागलुङले संयुक्तरुपमा भानुजयन्ती मनाएका हुन् । सो अवसरमा नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानबारे चर्चा, सिर्जना वाचन तथा भानुचित्र लेखन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सर्जक धनराज सापकोटा जिज्ञासुले भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदान बारे बताउनुभएको थियो । कार्यक्रममा सर्जकहरु रामचन्द्र शर्मा, युक्तप्रसाद सुवेदी, धनराज सापकोटा जिज्ञासु, युक्तजङ्ग राजभण्डारी, केशवराज रेग्मी, चन्द्रसुर्य, नरम पौडेल र कोपीला कँडेलले कविता, गजल, मुक्तक लगायतका सिर्जना वाचन गर्नुभएको थियो ।१२ जना सहभागी भानु चित्र लेखन कार्यक्रममा बाल प्रतिभा प्रस्ताव बराल उत्कृष्ट हुनुभएको थियो ।

कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनले साहित्य लाई जिवन्त बनाउनका लागि सर्जकहरु निरन्तर क्रियासिल हुनुपर्ने बताउनुभयो । भाषा कला र साहित्यको उथ्थान हुन सकेमात्र आदीकवी भानुभक्त प्रति सच्चा सम्मान हुने उहाँको भनाई थियो ।
बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार ईश्वर मलेपति श्रेष्ठले साहित्यकारले आफ्नो कलम मार्फत समाज लाई सुशुचित गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।