एसइई को नतिजा आज साँझ ६ बजेसम्म सार्वजनिक हुंदै

/ प्रकाशित मिति :
शुक्रबार, असार १३ २០८२

बागलुङ, १३ असार – यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिने परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले जानकारी दिनुभयो ।