बागलुङको जैमिनीमा पहिरोले चार घर जोखिममा

/ प्रकाशित मिति :
मंगलबार, असार ३ २០८२

बागलुङ, ३ असार – पहिराको कारण बागलुङको जैमिनीमा चार घर परिवार जोखिममा परेका छन् । जैमिनी नगरपालिका –१० देबलधारास्थित सेलडाँडामा आएको पहिरोले चार घर परिवार जोखिमा परेका हुन् ।

बागलुङ–शान्तिपुर सडक खण्डमाथि डाँडाखेतबाट आएको पहिरोले स्थानीय भीमबहादुर श्रीसको घर तथा गोठ उच्च जोखिमा परेको जैमिनी नगरपालिका वडा १० का कार्यवाहक अध्यक्ष भरत श्रीसले बताउनुभयो ।

पहिरोको कारण माटो झर्दा स्थानीय जयराम आचार्य, रामसागर शर्मा, एकराज शर्माको घर पनि जोखिमा परेको कार्यबहाक अध्यक्ष श्रीसले बताउनुभयो । घरमाथिको जमिन फाट्दै गएको र यसबाट जुनसुकै समयमा पनि तलको बस्तीमा पहिरो खस्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । पहिरोका कारण चार घरका १२ जना समस्यामा परेका छन् ।