ज्येष्ठ नागरिकको अनुभव वाट धेरै सिक्न सकिनेमा वक्ताको जोड

/ प्रकाशित मिति :
आइतबार, असार १ २០८२

बागलुङ, १ असार –जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको अनुभवबाट काम गर्दा धेरै समस्या समाधान गर्न सकिने सामाजिक अगुवाहरुले बताएका छन् ।

विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवशको अवसरमा सामाजिक विकास कार्यालय बागलुङ र जेष्ठ नागरिक संघद्वारा आइतबार आयोजित कार्यक्रममा सहभागिले जेष्ठ नागरिकले जिवनभर संगालेको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए ।

कार्यक्रममा जेष्ठ नागरिक सहभागि भएर इमान्दारिता, मितव्ययिता लगायतको काममा लाग्न राज्यका संचालकलाई आग्रह गरे । उनीहरुले राजनीतिक नेतृत्वले इमान्दारी देखाए देशको विकासमा योगदान पुग्नेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्तीले जेष्ठ नागरिकको सम्मान गर्दा युवा पुस्ताको पनि सम्मान हुने बताउनुभयो । कार्यक्रममा संघका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, जेष्ठ सदस्य दुर्गाबहादुर आचार्य, अधिवक्ता सरिता केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ कालीका भजन समूहले जेष्ठ नागरिक लक्षित भजनकृतनमार्फत मनोरञ्जन गराएका थिए । बागलुङ नगरपालिका वडा नं. २ को आयोजनामा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण सेवा पनि संचालन भएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष चिरन्जिवी श्रेष्ठको अध्यक्षता र सचिव महेन्द्रसिंह रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।