तेश्रो स्मृति चौतारी सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, असार १ २០८२

बागलुङ, १ असार – स्मृति प्रकाशन बागलुङले प्रतेक महिनाको अन्तिम शनिबार गरिने साहित्यीक कार्यक्रम स्मृति चौतारी तेश्रो श्रृङखला सम्पन्न गरेको छ ।

तेश्रो श्रृङखलाको उद्घाटन गर्दै प्राध्यापक डाक्टर षडानन्द पौड्यालले साहित्य मार्फत नेपाली समाजको यथार्थ चित्रण हुनुपर्ने वताउनुभयो । खोज र अनुसन्धानमा धौलागिरी क्षेत्र निकै अगाडी भएको चर्चा गर्दै उहाँले साहित्य, भाषा, संस्कृति र सामाजिक रितिरीवाजको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

स्मृति प्रकाशनका संरक्षक तथा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशनले धौलागिरीको साहित्यीक क्षेत्र लाई अगाडी बढाउनका लागि साहित्यीक गतिविधी लाई निरन्तरता दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु युक्त सुवेदी, कृष्ण केसी, रामचन्द्र शर्मा,सरोजराज पन्त, गोबिन्द सुवेदी, अर्जुनराज पन्त,रामचन्द्र शर्मा, काजिरोशन, चन्द्रसुर्य र कोपीला कँडेल लगायतले कविता, गजल, गित लगायतका सृजना वाचन गर्नुभएको थियो ।

कार्यक्रम स्मृति प्रकाशन बागलुङका उपाध्यक्ष तथा धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक रामचन्द्र शर्माको अध्यक्षता र चन्द्रसुर्यको संचालनमा सम्पन्न भएको थियो ।