बा.न.पा – ४ मा सुझाव संकलन तथा बिपद व्यवस्थापनको उद्घाटन कार्यक्रम सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ २६ २០८२

 

बागलुङ, २५ जेष्ठ – बागलुङ नगरपालिकाको वडा नम्वर ४ मा आर्थिक बर्ष २०८२÷०८३ को योजनाका लागि सुझाव संकलन तथा बिपद व्यवस्थापनको उद्घाट कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले बिपद जुनसुकै बेला पनि आउने भएकाले पूर्व तयारी आवश्यक रहेको बताउनुभयो । उहाँले बागलुङ नगरमा वडाले बिपद् व्यवस्थापन गर्ने काम पहिलो भएकाले अरु वडाले पनि ध्यान दिनुपर्ने बताउनुभयो

कँडेलले सिमित बजेट भएकाले सवै समस्या समधान गर्न नसक्ने अवस्थामा आवश्यकता र दियोपनाको बिषयमा सुझाव सल्लाह आवश्यक हुनेमा जोड दिनुभयो । नेपाल सरकारले तोकेको मापदण्डका आधारमा सर्वसाधारण नागरिकको पहुँच पुग्ने खालका योजना बनाउन नगरपालिका प्रयत्नशिल रहेको उहाँको भनाई थियो ।

वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले वडामा बजेट सिमित हुने भएकाले सवैको समान अपनत्व हुनेगरि काम गर्ने बताउनुभयो । क्षेत्रीले वडामा हुने ठूला योजनालाई सम्पन्न गर्न नगरपालिका, प्रदेश र संघीय सरकारमा सिफारिस गर्ने बताउनुभयो ।

बिपद् व्यवस्थापनका लागि वडाबाट १ लाख ५० हजार र डिसीआरडिसीबाट २५ हजारको सहयोगमा व्यवस्थापन लागि आवश्यक औजार तथा सामाग्री खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, खानेपानी संस्था, टोलबिकास समिति, बिद्यालय, स्वास्थ्य संस्था, मन्दिर व्यवस्थापन समिति, आमा समुह, युवा क्लव लगाएका प्रमुख तथा प्रतिनिधीले राय सुझाव राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष कुमारबिक्रम क्षेत्रीको अध्यक्षता, कम्प्युटर सहायक शारदा शर्माको स्वागत र वडा सचिव नेत्र सापकोटाको संचालमा सम्पन्न भएको थियो ।