बागलुङमा ६ जना सडक मानवको उद्धार

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १९ २០८२

 

बागलुङ, १८ जेष्ठ –बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बेवारिसे अवस्थामा बसोबास गर्दै आएका ६ जना आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी, मीना नेपाली र एक भारतीय नागरिक रहेका छन ।
मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा उद्धार गरिएको थियो । उद्धार गरिएका मध्य तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा पठाइएको मानवसेवा आश्रमका अभिभावक लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो ।

उनिहरु सडकमा बस्ने, फोहोर गर्ने,मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीयले हैरानी खेप्दै आएका थिए ।
मानव सेवा आश्रमले मानवता प्रवद्र्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको मानव सेवा आश्रम बागलुङका सञ्चालिका विपना तामाङले बताउनुभयो।