बागलुङको निसिखोलामा हावाहुरीले आधा दर्जन घरमा क्षेती

/ प्रकाशित मिति :
शनिबार, जेष्ठ ४ २០८२

 

बागलुङ, ३ जेठ– बागलुङमा हावाहुरीका कारण आधा दर्जन घरमा क्षति पुगेको छ । निसीखोला गाउँपालिका वडा नम्वर १ लेवाङमा हावाहुरीसँगै आएको वर्षातले आधा दर्जन घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।

हावाहुरीले टिनका घरको छानोमा क्षति भएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार निसीखोला–१ का देवबहादुर विक, भिमबहादुर विक, रिमबहादुर विक, भोटबहादुर विक, रामु विक, प्रेम विक र होमबहादुर विकको घरमा क्षति पुगेको छ । घरको टिनको छानो पूर्ण रुपमा उडाएर बस्न नमिल्ने भएको हो ।

घरमा बस्न नमिल्ने गरी क्षति पुगेपछि उनीहरु आफन्तकोमा आश्रय लिएर बसिरहेको निसीखोला–१ का वडाअध्यक्ष चन्द्रसिंह रामजालीले जानकारी दिनुभयो । हावाहुरीले आधा दर्जन घरपरिवार विस्थापित भएको जानकारी दिदै उहाँले हावाहुरीसँगै वर्षात भएकोले घरमा बस्न नमिल्ने गरी क्षति भएको बताउनुभयो ।

वडा अध्यक्ष रामजालीले पिडितहरु आफन्तकोमा आश्रय लिएर बस्नुभएको जानकारी दिनुभयो । वडाले पीडित परिवारलाई राहतको व्यवस्था गर्ने वडा अध्यक्ष रामजालीले जानकारी दिनुभयो ।