म्याग्दीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु

/ प्रकाशित मिति :
सोमबार, बैशाख २९ २០८२

बागलुङ, २९ बैशाख– अन्नपूर्ण गाउँपालिका ३ दानामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौबाट जोमसोम तर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ग१६प ६१६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक फरमुलाह मियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

२० बर्षिय मियाले पर्सागढी नगरपालिका ५ पर्सा जिल्ला घरभै अन्नपूर्ण गाउँपालिका ३ दानामा वर्कसपमा काम गर्दै आउनुभएको थियो  ।

प्रहरीले वसका चालक थासाङ गाउँपालिका २ मुस्ताङका ३६ वर्षिय कुलबहादुर तामाङ र वस समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।