रेडक्रस मालिका उपशाखाद्धारा मानवसेवा आश्रम लाई ह्वील चियर सहयोग

/ प्रकाशित मिति :
बिहिबार, बैशाख २५ २០८२

बागलुङ, २५ बैशाख– बागलुङ समाज कोरियाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाले मानवसेवा आश्रम बागलुङ लाई दुई थान ह्वील चियर हस्तारन्त्रण गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बिहिबार एक समारोहका विच आश्रमलाई ह्वील चियर सहयोग गरेको हो ।

आश्रममा आश्रय लिएका अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकको सहजताका लागि ह्वील चियर सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति  मातृका प्रसाद आचार्यले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आचार्यले रेडक्रस मालिकाले गरेको सानो सहयोग आश्रित मानवका लागि महत्वपुर्ण बन्न सक्ने बताउनुभयो ।

मालिका उपशाखाका संस्थापक सभापति तथा मानवसेवा आश्रमका अभिभावक शिव प्रसाद सापकोटाले रेडक्रसका सिद्धान्त लाई आत्मसाथ गर्दै सदैव मानविय सेवामा समर्पित हुनुपर्ने वताउनुभयो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति मातृका प्रसाद आचार्यको अध्यक्षता र सचिव एकप्रसद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।