पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

/ प्रकाशित मिति :
मंगलबार, बैशाख २३ २០८२

बागलुङ, २३ बैशाख– पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उहाँको अवस्था गम्भीर छ ।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्छ । केही वर्षदेखि उहाँ राजनीतिक गतिविधिमा निष्क्रिय हुनुभएको छ ।