विरशाली गौरवमय पुरस्कार थापालाई प्रदान

/ प्रकाशित मिति :
शनिबार, बैशाख २០ २០८२

 

बागलुङ, २० चैत– प्राथमिककालिन कवि बिरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिनबहादुर थापा लाई प्रदान गरिएको छ ।
नेपाली साहित्यको इतिहाँसमा बागलुङको मुलपानीमा जन्मिनु भएका कवि पन्तको स्मृतिमा स्थापना गरिएको बिरशाली पन्त स्मृति गौरवशाली पुरस्कार यस बर्ष थापालाई प्रदान गरिएको हो ।

धौलागिरि बहुमुखी क्याम्पसमा बिगत लामो समयदेखि अध्यापनरत रहि हाल क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका साहित्यीक व्यक्तित्व थापालाई नगद २५ हजार सहित पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार प्रदान गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले कवि बिरशाली पन्तले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको स्मरण गर्नुभयो । उहाँले धौलागिरिको वाङ्मय क्षेत्रमा समर्पित स्रष्टालाई पुरस्कृत गर्ने कार्य ऐतिहाँसिक भएको उल्लेख गर्नुभयो ।

बिरशाली पन्त स्मृति कोषले आयोजना गरेको कार्यक्रममा कोषका कोषाध्यक्ष गोविन्दराज गौतमले मंतव्य व्यक्त गर्नु भएको थियो । उक्त पुरस्कार गत बर्ष प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीलाई प्रदान गरिएको थियो ।

कार्यक्रम बिरशाली पन्त स्मृति कोषका परिकल्पनाकार प्राज्ञ प्रेम छोटाको अध्यक्षता, उपाध्यक्ष महेशचन्द्र प्रदानको स्वागत र सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।