श्रमिक दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण

/ प्रकाशित मिति :
बिहिबार, बैशाख १८ २០८२

बागलुङ, १८ बैशाख – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धौलागिरी अस्पताल बागलुङका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको आयोजनामा १३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा धौलागिरी अस्पतालमा उपचाररत विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरिएको हो ।

“आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान सामाजिक न्याय सहितको संमृद्ध राष्ट्रको निर्माण” भन्ने मुल नाराका साथ मनाईएको श्रमिक दिवसमा अस्पतालमा उपचार गराईरहेका बालबालिका,जेष्ठ नागरिक,महिलाहरुलाई फलफुल वितरण गरिएको नेपाल ट्रेड युनियन काँग्रेस बागलुङ अध्यक्ष ईश्वर ठाकुर पौडेलले बताउनुभयो । “बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण भयो,पौडेलले भन्नुभयो, बिभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको लागि अन्य सहयोग गरिएको छ । ”

फलफुल वितरण गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेश विभाग संयोजक शकुन्तला शर्माले श्रमिकहरुको हक हितको लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । यस दिवसलाई पर्वका रुपमा लिई श्रमिकहरुले आफना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदालाई दबाब दिनुपर्ने बताउनुभयो । धौलागिरी अस्तालमा उपचाररत झन्डै ५० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

अस्पतालमा उपचार गराईरहेका बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नु सहारनीय कार्य रहेको अस्पतालका निमित्त प्रमुख अमित ढुङ्घनाले बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता,उपाध्यक्ष टिका घर्तीको स्वागत र सचिव बिर बहादुर किसानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका श्रमिकहरुको लागि बिभिन्न कार्य गर्दै आएको छ ।