क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न

/ प्रकाशित मिति :
मंगलबार, बैशाख १६ २០८२

बागलुङ, १६ बैशाख –बागलुङ हस्तकला संघको आयोजनामा क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि शुरु भएको ७ दिने तालिमको समापन गरिएको हो ।

कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार इश्वर मलेपती, संस्थाकी उपाध्यक्ष तथा तालिमका प्रशिक्षक ज्योती श्रेष्ठ, बागलुङ नगरपालिका ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी र प्रशिक्षार्थी ऐलिना गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत मन्तव्य र महासचिव सम्झना राजभण्डारी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।