म्याग्दीमा गाडी मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको ज्यान गयो

/ प्रकाशित मिति :
बिहिबार, चैत्र २७ २០८१

बागलुङ, २८ चैत– म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

ताकम–मच्छिम–मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोलीे र जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली गएर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ।

सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको ज्यान गएको प्रहरीले जनाएको छ ।