ताराखोलाका वडाअध्यक्ष मृत फेला

/ प्रकाशित मिति :
बुधबार, चैत्र २६ २០८१

 

बागलुङ, २७ चैत– बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर– ३ का वडाअध्यक्ष मृत भेटिनुभएको छ । ताराखोलाको काँक्राखोरका ५० वर्षीय कर्णबहादुर भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

भण्डारी घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले मृतकको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेकोको छ ।

बुधबार मध्यान्ह १२ बजे भण्डारी मृत भेटिनुभएको थियो । गत स्थानीय निर्वाचनमा भण्डारी माओबादी केन्द्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।