बागलुङ उद्योग वाणिज्य सघंको निर्वाचन अन्र्तगत ११ सय ८७ जनाले मत खस्यो

/ प्रकाशित मिति :
शनिबार, चैत्र १५ २០८१

बागलुङ, १६ चैत– उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा ११ सय ८७ जनाले मतदान गरेका छन् ।

बालमन्दिर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रमा तोकिएको समयअवधी साझ पाँच बजे सम्म ११ सय ८७ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक भुमिश्वर गौतमले जानकारी दिनुभयो ।

१९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य चयन गर्न मतदान भइरहेको छ ।संघमा आजिवन र र साधाररण सदस्य गरी एक हजार चार सय १६ मतदाता रहेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र पूर्ववरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुको प्यानलसहित प्रतिस्पर्धामा छन् । मतगणना केहीबेर छलफल पछि शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।