पत्रकार सुरेश रजकका हत्यारालाई कार्वाही गर्न बागलुङका पत्रकारको माग

/ प्रकाशित मिति :
शनिबार, चैत्र १५ २០८१

बागलुङ, १६ चैत– प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै शनिबार बागलुङका पत्रकारले विरोध कार्यक्रम गरेका छन् ।

शुक्रबार राजावादीहरुले काठमाण्डांैमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारको आगजनी गरेर हत्या भएको पत्रकार महासंघको ठहर छ । ७० औं स्थापना दिवसको कार्यक्रम स्थगित गरेर जिल्लाका पत्रकारले लोकतान्त्रिक चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए। पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयबाट प्लेकार्ड सहित थालिएको ¥याली बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमा विरोधसभा आयोजना गरिएको छ ।

विरोध सभामा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले आन्दोलनको विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारहरु सुरक्षित भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले संचार माध्यमका कार्यालयमा भएको आक्रमणको पनि बिरोध गर्नुभयो।

नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले राजाको प्रत्यक्ष शासनकालमा पनि प्रेसले सास्ती खेपेको भन्दै अहिले पनि राजाबादीले प्रेसलाई देख्न नसकेको आरोप लगाउनुभयो । प्रहरीको बन्दुक खोसेर हिडेकाको फोटो खिच्दा पत्रकारको खुट्टा भाँच्ने, व्यक्तिको घरमा आगजनी र लुटपाट गर्ने लगायतको हिंसात्मक गतिविधि सहिय नहुने उहाँको भनाइ थियो ।

महासंघको बागल्ुङ शाखाका पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमले पत्रकारलाई कुनैपनि अतिवाद स्विकार्य नहुने बताउनुभयो । उहाँले नागरिकको सूचित हुने अधिकारकालागि पत्रकारले फिल्ड रिपोर्टिङ गर्दा भएको घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन माग गर्नुभयो ।

साथै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण मिडियामा भएको ढुंगामुडा, प्रेसका गाडिमा भएको अबरोध र क्षति प्रति पनि बिरोध जनाइएको थियो ।