दलीत माथी हुने भेदभावविरुद्व सबै उत्रिनुपर्नेमा जोड

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र ८ २០८१

संविधान र कानूनले जातीय विभेद अन्त्य गरेपनि व्यवहारमा परिवर्तन नभएको भन्दै बागलुङका सरोकारवालाले गुनासो गरेका छन् ।
सामजिक विकास कार्यलय, बाग्लुङ नगरपालिका, सयुक्त राजनिती दलित सङघर्ष सिमितिको आयोजनामा सम्पन्न ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस एवम् दलित जनप्रतिनिधि तथा सरोकारवालाहरु लागि नेतृत्व विकास तालिम तथा अन्तरक्रिया कार्यक्रममा सहभागीले विभेदका स्वरुप फेरिएको बताएका थिए ।
दलीत सशक्तीकरणले मात्र विभेद अन्त्य नहुने भन्दै गैर दलीतको पनि सशक्तीकरण चाहिएको उनीहरुको भनाई थियो । पछिल्लो समय दलीतमाथी भौतिक आक्रमण लगायतका घटना समेत भएको बताइएको थियो । सरोकारवालाले दलीत माथी हुने भेदभावविरुद्व सबै उत्रिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले राज्यले विभेदकारी नीति नलिए पनि बेला बेला हुने घटना र पात्रहरुलाई कारवाही गरेर पीडितलाई न्याय दिन सक्नुपर्ने बताउनुभयो । त्यस्ता घटना बाहिर ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्द नेपाली, जिल्ला समन्वय समितिमा प्रमुख अमरबहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, प्रहरी उपरिक्षक ऋषीराम कँडेल, भुमी आयोगका सदस्य लक्ष्मी बोहोरा र वडा नम्वर २ का अध्यक्ष सुरज बोसेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।

No description available.
उक्त अवसरमा आयोजित दलीत महिला तथा जनप्रतिनिधिका लागि नेतृत्व विकास सम्वन्धी तालिमको अधिवक्ता कुन्जना परियारले सहजीकरण गर्नु भएको थियो । सो अवरमा मानवअधिकार तथा शान्ति समाज बागलुङले पनि विभेदबिरुद्द ऐक्कवद्दता जनाएको थियो ।

संयुक्त राजनीतिक दलीत संघर्ष समितिका संयोजक टिकाकुमारी विश्वकर्माको अध्यक्षता, सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्तीमगरको स्वागत र बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख रचना आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.