धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला चैत २० देखि २०८२ बैशाख २ गतेसम्म हुने

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, चैत्र ७ २០८१

बागलुङमा चैते दशैको अवसरमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ हुने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० गतेदेखि २०८२ बैसाख २ गतेसम्म बिभिन्न सास्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको हो ।

मेलाको अवसरमा बिषेश गरि कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको हो । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता चैत २० गतेदेखि २५ गते सम्म हुने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

पुरुष भलिवको बिजेतालाई नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाख ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडिलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

कालिका कप खुल्ला पालिका स्तरीय महिला भलिवल प्रतियोगिता चैत २६ देखि ३० गते सम्म संचालन हुने मुल आयोजक समितिका भलिवल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट बिजेतालाई नगद ८० हजार ट्रफि, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४० हजार ट्रफि, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगिता बाल उद्यान बाङ्गेचौर खेल मैदानमा हुने खड्काले जानकारी दिनुभयो ।