दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिमको समापन

/ प्रकाशित मिति :
मंगलबार, चैत्र ४ २០८१

 

बागलुङ, ५ चैत– बागलुङ दुग्ध उत्पादक सहकारी सघं लि. बागलुङले दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी ५ दिने तालिमको समापन भएको छ । सहकारी संस्थाका पदाधिकारी कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको थियो ।

तालिम समापन समारोहमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बजारको माग र रुची अनुसारका दुग्धजन्य पदार्थ उत्पादन गरी व्यावसाय लाई थप उचाईमा पुर्याउनुपर्ने वताउनुभयो । दुग्धजन्य पदार्थको अझै सुधार र परिमार्जन गर्दै उपभोक्ता लाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, तालिमका प्रशिक्षक तथा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशु विकाश अधिकृत डा. अपार पौडेल, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष राम थापा र तालिमका सहभागी तथा बागलुङ दुग्ध उत्पादक सहकारी सघंका प्रबन्धक रामचन्द्र सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ दुग्ध उत्पादक सहकारी सघं लि.का अध्यक्ष दिपक गौतमले आम उपभोक्ताको हितमा दुध र दुग्धजन्य पदार्थका कारण कुनै पनि असर नपरोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको वताउनुभयो । गौतमले व्यावसाय लाई विविधिकरण गर्दै नयाँ उत्पादन गरेर बजारिकरणमा जाने वताउनुभएको थियो । तालिमको सहजिकरण राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशु विकाश अधिकृत डा. अपार पौडेल र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले गर्नुभएको थियो ।

कार्यक्रम दुग्ध उत्पादक सहकारी सघं लि.बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष राम बहादुर हमालको स्वागत मन्तव्य र सचिव गोविन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।