नगरक्षेत्र भित्रका प्रधानाध्यापकको नियमित समिक्षा वैठक

/ प्रकाशित मिति :
बुधबार, फाल्गुन २८ २០८१

बागलुङ, २८ फागुन विद्यालय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी नियमित प्रधानाध्यापकहरुको बागलुङ नगरपालिका स्तिरिय नियमित बैठक तथा अन्तरक्रिर्या सम्पन्न भएको छ । सो अवसरमा विद्यालय सुधार सम्बन्धी योजना, नेतृत्वदायी भुमिका, सामाजिक सम्बन्ध, शिक्षक लाई प्रोत्साहन दिनुपर्ने, हरेक विषयमा तथ्यमा आधारित निर्णय गर्नुपर्ने, शिक्षक तथा कर्मचारीको सुरक्षाको व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमको सहजिकरण कालिका मानव ज्ञान माध्यमिक विद्यालय वुटवलका पुर्व प्रधानाध्यापक घनश्याम पाठकले गर्नुभएको थियो । सो अवसरमा उहाँले प्रधानाध्यापकहरुले आफ्नो विद्यालय लाई व्यवस्थित बनाउनका लागि प्रभावकारी योजना निर्माण गर्नुपर्ने वताउनुभयो । पाठकले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक परिक्षा समय समयमा नियमित हुनुपर्ने, परिक्षाको उत्तरपुस्तिका विद्यार्थीलाई फिर्ता दिएर हेर्न लगाउने, रिजल्टको दिन अनिवार्य अभिभावक लाई सहभागी गराउने, विद्यार्थीको स्तर वृद्धि गर्न अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ,उपप्रमुख राजु खड्का, जनता धन माःविका प्रधानाध्यापक कुमार पौडेल र रामरेखा आधारभुत विद्यालयका प्रधानाध्यापक सृजना पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठक बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता र नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।