उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना

/ प्रकाशित मिति :
बुधबार, फाल्गुन २८ २០८१

बागलुङ, २८ फागुन लामो समय देखी स्वासप्रस्वासको समस्याले ग्रसित भई उपचार गराउदै आउनुभएका यहाँका एक मजदुरले सहयोगको याचना गर्नुभएको छ । ज्यालामजदुरी वाट दैनिकी गुर्जार्दै आउनुभएका बागलुङको गलकोट नगरपालिका – ११ का फरक वहादुर श्रीसले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो ।श्रीस अहिले धौलागिरी अस्पतालको ईमरजेन्सी वार्डमा उपचाररत हुनुहुन्छ ।

परिवारमा एक सानो छोरा बाहेक अरु नभएको र आर्थिक अवस्था अत्यन्त न्युन भएका श्रीसले आर्थिक सहयोग गरी जिवन बचाईदिन सरोकारवाला संग माग गर्नुभयो । श्रीसको फोक्सोमा हावा भरिएको र उपचारका लागि काठमाण्डौ जान धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले सल्लाह दिएपनि खर्चको जोहो गर्न नसकेको श्रीसका सहयोगी भरत यादवले बताउनुभयो ।

माओवादी केन्द्र निकट मजदुर संगठनका नेता समेत रहेका श्रीसले आफ्नो उपचारका लागि पार्टीले समेत बेवास्ता गरेको गुनासो गर्नुभयो । सहयोगका लागि यहाँ वाट निर्वाचित माओवादी सांसद र पार्टी नेतृत्व लाई पटक पटक आग्रह गर्दा पनि कतैवाट केही सहयोग नगरेको दुखेसो पोख्नुभयो ।

श्रीसको परिवारमा १३ वर्षे छोरा वाहेक अरु कोही नभएकोले अस्पतालमा आफुले रेखदेख गर्दै आएको उहाँका सहयोगी भरत यादवले वताउनुभयो । अत्यन्त जोखिमपुर्ण काम गर्दै आएका हामी मजदुरहरु विरामी पर्दा सहयोग गर्ने कोही भेटिन्न, अहिले उहाँको उपचारका लागि काठमाण्डौ पुर्याउने सम्म खर्च नभएपछि म अगाडी सरेर सहयोग गरिदिन आग्रह गरेको हुँ, यादवले भन्नुभयो । श्रीसको फोक्सोमा हावा भरिएकाले थप उपचारका लागि काठमाण्डौ पुग्नुपर्ने उपचारमा संलग्न धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।