मालिकामा आत्महत्या न्युनिरण र लागु पदार्थ र्दुव्यसन सम्बन्धी सचेतना

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन १६ २០८१

बागलुङ, १६ फागुन – नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाको आयोजनामा बागलुङ नगरपालिका –५ मालिकामा आत्महत्या न्युनिरण, तथा लागु पदार्थ र्दुव्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटीका सभापति जगन्नाथ आचार्यले पछिल्लो समयमा समाजमा बढ्दै गएका अपराधजन्य क्रियाकलाप, आत्महत्या तथा युवा वर्गमा बढ्दै गएको दुव्र्यसनी अन्त्यका लागि यस्ताखालका कार्यक्रम लाई निरन्तरता दिनुपर्ने वताउनुभयो । उहाँले समय सुहाउदो कार्यक्रम गरेको भन्दै रेडक्रस मालिका उपशाखाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा  वडानम्वर ५ का अध्यक्ष हरिप्रसाद शर्मा र पुर्व वडा अध्यक्ष शिव प्रसाद सापकोटाले समाजमा बढ्दै गएको विकृति विसंगती न्युनिकरणका लागि रेडक्रस लगायत सवै सरोकारवालाले हातेमालो गर्नुपर्ने वताउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय वागलुङका प्रहरी वरिष्ठ नायव निरिक्षक रमेश गुरुङले लागु पदार्थ दुव्र्यसन र बागलुङ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मधु पौडेलले आत्महत्या दुरुत्साहन र न्युनिकरण सम्बन्धीे सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा १ सय २५ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति मातृका प्रसाद आचार्यको अध्यक्षता, निवर्तमान सभापति रेशमलाल सापकोटाको स्वागत मन्तव्य र सचिव एक प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।