महाशिवरात्रीः गौरीधाम मन्दिरमा भक्तजनको घुँईचो (भिडियो सहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन १४ २០८१

हिन्दूहरुको महान् पर्व शिवरात्रिका अवसरमा बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण सवेदीले बताउनुभयो ।

शिवजीको उत्पत्र् िभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । माघमा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

ब्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । बिहान ३ बजे अघिदेखि नै भक्तजन पूजा आरधना एवं दर्शनका लागि जम्मा भएका थिए ।

बागलुङका विभिन्न स्थानसँगै म्याग्दी, पर्वत लगाएतका स्थानबाट पनि भक्तजनहरु आएको गौरीधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जिसीले जानकारी दिनु भयो । उहाले मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड भएको भन्दै सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले मन्दिरमा आउने भक्तजनहरुलाई चिया, पानी तथा प्रसादको व्यवस्था गरिएको र पूजालाई व्यवस्थित ढंगबाट गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी खटाएको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।

पुरा भिडियो हेर्नुहोस् ।

फोटो हेनुृहोस्ः