निसीखोलामा ८० वर्षिय महिलाको शव फेला

/ प्रकाशित मिति :
बिहिबार, फाल्गुन ८ २០८१

बागलुङ, ८ फागुन – बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ देविस्थानस्थित निसीखोलाको बाँधमा एक वृद्वको शव फेला परेको छ ् । बिहिबार सोही निसीखोला १ लेवाङ निवासी ८० वर्षिय रुपी विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । माघ २५ गतेदेखि हराइरहनुभएकी विकको शव आज निसीखोलामा फेला परेको हो । विक बेपत्ता भएपछि गत आइतवार प्रहरी कार्यालयमा हुलियासहित निवेदन दिएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतको टोली खोजीकार्यमा परिचालन भएको थियो ।

शव गलिसकेको अवस्थामा रहेका पोष्टमार्टमका लागि बुर्तिवाङमा अस्पतालमा राखिाएको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।