फोनिज बागलुङको अध्यक्षमा डम्वर बुढा मगर

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन ६ २០८१

 

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको चौथो जिल्ला अधिवेसनले डम्बर बुढा मगरको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।मंगलबार भएको अधिवेसनले सर्वसम्मत रुपमा बुढामगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर, सहसचिवमा शर्मिला रोका मगर, कोषाध्यक्षमा तिलक घर्ती मगर रहनुभएको छ ।

समितिका सदस्यहरुमा भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल, शिशिर श्रीष, ज्योती थापा मगर रहेका छन् । अधिवेसनले प्रदेश महाधिवेसन प्रतिनिधिको रुपमा पदम छन्त्याल (प्रकाश), यामबहादुर थापा र छलिला बुढालाई चयन गरेको छ । त्यस्तै केन्द्रीय पार्सदमा राजेशचन्द्र राजभण्डारी र संगम घर्ती मगर चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले देशलाई राम्रो दिशामा लैजानको लागि पत्रकारहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टचारका विरुद्ध र सुशासनका पक्षमा पत्रकारहरु एक भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

फोनिज गण्डकीका इन्चार्ज एम बी आस्था मगरले पत्रकारको हित तथा क्षमता बिकासमा फोनिजले काम गर्नुपर्ने बताउनुभयो । साथै राज्यका निकायले पनि फोनिजको महत्व बुझेर साथ दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीष मगर, नेपाल पत्रकार महासंघ, बागलुङका सचिव नारायण रिजाल, प्रगतीशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फोजिन बागलुङका अध्यक्ष पदमबहादुर छन्त्याल प्रकाशको अध्यक्षता, सचिव डम्बर बुढाको संचालन र सदस्य बलबहादुर रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।