निसिखोलामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

/ प्रकाशित मिति :
शनिबार, फाल्गुन ३ २០८१

बागलुङ, ३ फागुन –पश्चिम बागलुङको निसिखोला गाउंपालिका –६ मा शनिबार ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

रुकुम पुर्व देखी बागलुङको बुर्तिबाङ्ग आउदै गरेको ग १ क ६१८९ नम्वरको ट्रिपर निसी –६ लामिडाँडामा दिउसो दुईबजे तिर दुर्घटना हुँदा चालक गुल्मीको ईश्माका ४८ बर्षिय कृष्ण कुमालको ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रमुख प्रहरी निरिक्षक आनन्द बस्नेतले जानकारी दिनुभयो ।

ट्रिपर करिव २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।