बागलुङ नगरको राष्ट्रपति रनिङ शिल्ड चिल्ड्रेन लाइफले जित्यो

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन ३ २០८१

बागलुङ नगरपालिकाले संचालन गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड खेलकुँद प्रतियोगिताको शिल्ड चिल्ड्रेन लाइफ बोर्डिङले जितेको छ ।
चिल्ड्रेन लाइफले सबैभन्दा बढी १५ स्वर्ण पदक सहित शिल्ड जितेको हो । चिल्ड्रेनले २३ रजत र १९ कास्य पदक जितेको छ । अमर आदर्श माबि ११ स्वर्ण पदक सहित दोश्रो भएको छ । अमर आदर्शले ६ रजत र ११ कास्य जितेको छ ।
१० स्वर्ण सहित तेस्रो भएको गणेश माबिले १ रजत र ३ कास्य पदक जितेको नगरपालिकाका शिक्षा अधिकृत पुरनबहादुर घर्तीले जानकारी दिनुभयो । कुल ५६ स्वर्ण र ५६ रजत पदक लागि भएको खेलमा नगर भित्र रहेका सामुदायिक र संस्थागत गरि ५३ बिद्यालयका बिद्यार्थीले भाग लिएका थिए ।
चिल्ड्रेनले मार्सल आर्ट तर्फ सबैभन्दा धेरै पदक पाएको हो । सबैभन्दा आर्कषक मानिने छात्रहरुको भलिवल तर्फ भने बिद्यामन्दिर माबि बिजयी भएको छ । फाइनल खेलमा बिद्यामन्दिरले धवलागिरि बिरेन्द्र माबिलाई २५–११, २५–२०, १९–२५ र १५–११ को सेटमा पराजित गरेको हो ।
तेस्रो स्थानका लागि भएको खेलमा चिल्ड्रेन लाइफले सिगाना माविलाई २५–२० र २५–२३ को सेटमा पराजित गरेको थियो । छात्रा तर्फको भलिबल भने धवलागिरि बिरेन्द्र माबिले जितेको छ । कबड्डी तर्फ छात्र र छात्रा दुवै कालीका कन्या माबिले जितेको छ । बिजयी खेलाडीलाई नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार बितरण गर्नु भएको थियो ।