सुचना र प्रवृद्धिले संसारलाई साँघुरो बनाएकाले यसको सही सदुपयोग गर्नुपर्छ: मन्त्री पाठक

बागलुङ खवर डटकम तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २ २០८१

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सुचना र प्रवृद्धिले संसारलाई साँघुरो बनाएकाले यसको सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
बागलुङ खबर डटकमको तेस्रो बार्षिकोत्सव समारोहको उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री पाठकले सतही र बिना आधारका समाचार तथा सामाग्री सम्पे्रशण गर्न नहुनेमा जोड दिदै नयाँ नयाँ बिषयलाई खोजी पत्रकारीताको रुपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पक्षधरताको अन्त्य गर्दै मिडियाप्रति भरोषा गर्ने बातावरण गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले मिडिया प्रति सरकारको सकरात्मक सोच हुनुपर्नेमा जोड दिएका थिए । समाज परिवर्तनको आधार मिडिया भएकाले यिनीहरुलाई बचाई राख्नु सरकारको दायित्व भएको उनिहरुको भनाई थियो ।
२०७८ साल फागुन १ गते बाट बागलुङ मिडिया हाउस प्रालिद्धारा संचालित बागलुङ खवर डटकमले तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको अवसरमा न्यु मिडिया चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम गरि तेस्रो बार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा पत्रकार महासघका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, सदस्य रञ्जिता शर्मा, पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, प्रेस युनियनका अध्यक्ष संगम घर्ती, प्रेस चौतारीका प्रदेश उपाध्यक्ष उमाकान्त शर्मा, प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिष खाती, प्रगतिशिल पत्रकार संघका अध्यक्ष बिजय राना लगाएत बिभिन्न संचार माध्यमका कार्यरत पत्रकार तथा सरोकारवालाहरुले शुभकामना सहित आफ्नो धारणा राख्नु भएको थियो ।
पत्रकार महासंघ बागलुङका सदस्य तथा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रम बागलुङ खवर डटकमका सम्पादक रामु जिसीको अध्यक्षता र पत्रकार अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।