चर्चित गायक खेम सेन्चुरी र रितु बोहोराको गित “कति राम्रो जिउ तिम्रो” चर्चामा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ २६ २០८१

गायिका रितु बोहोराको लोक दोहोरी गित कति राम्रो जिउ तिम्रो को म्युजिक भिडियो बोहोराको युवटुव च्यानलमा सार्वजनिक भए संगै चर्चामा रहेको छ ।
लोकदोहोरी क्षेत्रका चर्चित तथा अहिले व्यस्त गायक खेम सेन्चुरी र गायिका बोहोरा स्वर रहेको गित सार्वजनिक भएको हो ।
ओजन स्टुडियोमा रेकर्ड गरिएको गितमा विश्वास नेपालको एरेन्ज, राजु सुनामको रेकर्डिङ तथा विनोद परियारको मिक्सिङ रहेको छ ।
रमेश परियारको शब्द तथा लय रहेको गितको भिडियोमा चर्चित नायक, मोडल पुष्प खड्का, मोडल जुना विश्वकर्मा अभिनय, तुलसी गुरुङ, नवराज उप्रेतीको छायाङ्न, मनोज कार्कीको सम्पादन तथा विक्रम चौहानले निर्देशन गरेका छन् ।