धौलागिरी एफएमका सिफ्ट इन्चार्ज बोहोरा पुरस्कृत

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ २६ २០८१

नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित टीकाधन खोज पत्रकारीता पुरस्कारबाट धौलागिरी एफएमका सिफ्ट इन्चार्ज रामकृष्ण बोहोरा पुरस्कृत हुनु भएको छ ।
पत्रकार महासंघका साधारण सदस्य मित्र खरेलद्धारा स्थापित टीकाधन खोज पत्रकारीता पुरस्कार कोषबाट एफएमका सिफ्ट इन्चार्ज बोहोरा पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघको आयोजनामा भएको पुरस्कार समर्पण कार्यक्रमबाट बोहोरालाई पुरस्कृत गरिएको थियो ।
बिगत २३ बर्षदेखि पत्रकारीता क्षेत्रमा योगदान पु¥याएको भन्दै बोहोरालाई नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो । बोहोरा हाल ढोरपाटन दैनिकमा कार्यकारी सम्पादक र गोरखापत्रको जिल्ला सम्वाददाताको रुपमा पनि कार्यरत रहनु भएको छ ।

क्रियशिल पत्रकार बुढाथोकी पुरस्कृत


यसैबिच पत्रकार महासंघका साधारण सदस्य स्वर्गिय बिकास पौडेलको स्मृतिमा स्थापित पत्रकारीता पुरस्कारबाट धौलागिरि जागरणमा कार्यरत पत्रकार डम्वर बुढालाई पुरस्कृत गरिएको छ । पौडेलको कोरोनाका कारण निधन भएपछि परिवारद्धारा स्थापित बिकास पौडेल स्मृति कोषबाट बिगत एक दशकदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल बुढालाई नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।
बुढा हाल धौलागिरी जागरण दैनिक, रासस लगाएतका संचार माध्यममा कार्यरत रहनु भएको छ । पुरस्कार प्राप्तपछि पत्रकारद्धय बोहोरा र बुढाले पुरस्कारले थप जिम्मेवार र क्रियाशिल भएर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो ।