पत्रकार लेखनवृत्ति कोषको घोषणा, पहिलो दिनमै ४ लाख संकलन

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ २६ २០८१

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको छ । गत मंसिर २८ गते सम्पन्न आठौ जिल्ला अधिवेसनबाट निर्वाचित पत्रकार महासंघ बागलुङको नवनिर्वाचित समितिले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको हो ।
राम थापा अविरलको नेतृत्वमा निर्वाचित समितिको पहिलो बैठकले गरेको निर्णय अनुसार खोजी पत्रकारीतामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरि कोषको घोषणा गरिएको हो । पत्रकार लेखनवृत्ति कोषको घोषणा तथा पुरस्कार समपर्ण कार्यक्रम मार्फत कोषको घोषणा गरिएको थियो ।
पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु मार्फत जम्मा भएको रकम १ लाख ५५ हजार सहित देश तथा बिदेशमा रहेका पत्रकारहरु र कार्यक्रममा उपस्थितबाट संकलित रकम गरि हालसम्म ४ लाख रुपैया संकलन भएको कोषाध्यक्ष खेमराज गौतम सुवासले जानकारी दिनुभयो ।
कोषमा १० लाख पु¥याउने लक्ष्य रहेको र १० लाख पुगेपछि संकलन अभियान रोकिने र प्रत्येक बर्ष सोही रकमको व्याजबाट खोज पत्रकारीतामा लागेका पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष राम थापाले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले समाज र नागरिकलाई आशा जगाउने गरि पत्रकारीता गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा गण्डकी प्रदेशसभा नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभा नेकपा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मंतव्य व्यक्त गर्नु भएको थियो ।


त्यसैगरि प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी बागलुङका अध्यक्ष कमल पौडेल, प्रेस सेन्टर बागलुङका सचिव बिनोद, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव ताराप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा र पुरस्कृत व्यक्तित्व रामकृष्ण बोहोराले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो । कोषमा सहयोग गर्नेहरुको रकमका वारेमा महासंघका उपाध्यक्ष सिर्जना पन्तले जानकारी गराउनु भएको थियो ।

फोटोहरु हेर्नुहोस् ।

May be an image of 5 people, people smiling, dais and text that says 'पत्रक खनर्वृती ਥ घोषणा समारोह লাদ'